रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने

<span class='c1'>रवीन्द्र मिश्र राप्रपा</span> <span class='c2'>प्रवेश गर्ने</span>

काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको प्रवेश गर्ने भएका छन्।

स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेशको गर्न लागेका हुन्।

राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए। ‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ,’ उनले भने।

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए।

उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए।

मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी गरेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्