इलामबाट लुटपाटमा संलग्न ३ जना पक्राउ

<span class='c1'>इलामबाट लुटपाटमा संलग्न</span> <span class='c2'>३ जना पक्राउ</span>

इलाम । ईलामको माई नगरपालिका-४ की ८० बर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका ३ जनालाई प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको थियो।

लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका मेचिनगर-३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका-३ का ३४ बर्षीय सन्तोष मगरलाई लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैया सहित आईतवार नै पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्