राष्ट्रसेवक तथा कर्मचारी सम्मानित

राष्ट्रसेवक तथा कर्मचारी सम्मानित

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित सलकपुरमा दशैँ, तिहार, छठ लगायतका पर्वको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा
सेवा निवृत राष्ट्र सेवक तथा कर्मचारीलाई सम्मान गरिएको छ।

कार्यक्रम राष्ट्रसेवक समाज सुन्दरहरैंचा नगरकार्य समिति र मोरङ जिल्ला कार्यसमितिको आयोजनामा भएको थियाे। कार्यक्रमका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियाे। नेपाल सरकारको विभिन्न सेवामा समर्पित भई देशको अग्रगमन, उन्नति, प्रगतिमा लागेर सेवा निवृत्त हुने २ दर्जन भन्दा बढीलाई सम्मानित गरिएको थियाे।

कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईँ प्रमुख अतिथि थिए । उनले सरकारबाट सेवा निवृत्त भएर घरमा बस्ने भन्दा पनि बाँकी जीवनलाई समाजको मार्गदर्शन गराउने काममा लाग्नुपर्ने बताए । उनले राष्ट्रलाई योगदान दिएर ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा लैजानुपर्नेमा जाेड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व उपरथी आनन्द कार्की, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, समाजका केन्द्रीय सदस्य चोलेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

समितिमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र निजामति कर्मचारी रहेका छन् । यस समाजले सेवा निवृत राष्ट्र सेवक कर्मचारीहरूकाे हकहित र रकम बचत साथै संकलनमा समेत काम गर्दै आएकाे छ । समाजकाे उत्त कार्यक्रम उद्ववबहादुर श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्