‘कबड्डी ५’ को घोषणा

<span class='c1'>‘कबड्डी ५’</span> <span class='c2'>को घोषणा</span>

विराटनगर । नेपाली चलचित्र कबड्डीका निर्देशक रामबाबु गुरुङले अनौपचारिक रुपमा फिल्म ‘कबड्डी ५’ को घोषणा गरेका छन्।

फिल्मको पाँचौँ शृङ्खला सन् २०२४ मा रिलिज गर्ने तयारी गरिएको निर्देशक गुरूङले जानकारी दिए।

यसअघि ‘‘कबड्डी ४’ लाई नै फिल्मको अन्तिम शृङ्खला भनिएको थियो। त्यसैले ‘कबड्डी द फाइनल म्याच’ नाम राखिएको थियो। उक्त फिल्मको अन्त्यमा काजी र शान्ति मिस एक भएको देखाइएको थियो।

अन्तिम भनेर ‘कबड्डी द फाइनल म्याच’ प्रदर्शन भएको एक वर्ष नबित्दै निर्देशक गुरुङले ‘कबड्डी ५’ को पटकथा लेखनको प्रक्रिया सुरु गरेका छन्।

फिल्ममा काजीको जीवनमा आउने उतारचढाव देखाइने बताइएको छ।

‘फिल्ममा काजी पात्रको जीवनमा आउने उतारचढावलाई देखाइने छ’ निर्देशक गुरुङले भने, ‘अहिले पटकथा लेखनको प्रक्रिया अगाडि बढाएका छौँ। सन् २०२४ मा प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्