लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

<span class='c1'>लघुबिमा कम्पनीमा</span> <span class='c2'>आकर्षण बढ्दो</span>

काठमाडौं । अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् ।

विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्तिम दिन विहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका छन् ।

विमा समितिले २० भदौमा ७ वटा लघुविमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो। समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्