विराटनगरकाे गुराँस पुस्तकालयद्वारा चारजना सम्मानित

<span class='c1'>विराटनगरकाे गुराँस पुस्तकालयद्वारा</span> <span class='c2'>चारजना सम्मानित</span>

विराटनगर । विराटनगरस्थित गुराँस पुस्तकालयको ५२ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरु सम्मानित हुनु भएको छ ।

विराटनगरमा शनिबार आयोजित कार्यक्रममा मुक्तिनाथ-यदुनाथ चापागाईं स्मृति सम्मानबाट ओझेलमा परेका राजनैतिक व्यक्ति उद्धव सापकोटालाई सम्मान गरिएको छ । सापकोटालाई दोसल्ला ओढाएर नगद २१ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी समाजसेवातर्फ विराटनगरको मानव सेवा आश्रमलाई सम्मान गरिएको थियो ।

आश्रमलाई १५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै ५ हजार राशिको युवा प्रतिभा तर्फको सम्मान हाँस्यकलाकार पारस थापालाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष सुनिल पाण्डे, नेपाली कांग्रेस विराटनगर महानगर समिति सभापति दीपक चापागाईंलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

त्यसैगरी डा. कैलाश श्रेष्ठ स्थापना गरेको छात्रवृद्धि गोग्राहा माविमा अध्ययनरत दुईजना विद्यार्थीलाई प्रदान गरिएको छ । कक्षा ८ को परीक्षामा ३.५ जीपीएभन्दा बढी अंक ल्याउने जेहेन्दार विद्यार्थीलाई प्रशंसापत्र र नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा मेयर नागेश कोइराला, साहित्यकार दधिराज सुवेदी, पुस्तकालयका पूर्वअध्यक्ष दीपक चापागाईंलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्