सुनसरी । भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाइल