ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन

<span class='c1'>ग्रिड बिग्रिएपछि १३</span> <span class='c2'>करोड बङ्गलादेशी विद्युतविहीन</span>

बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ ।

विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन् ।

समितिका प्रवक्ता शमीम अहसानले एएफपीसँग भन्नुभयो, “बङ्गलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएका छन् ।”

अहसानका अनुसार १३ करोड वा सोभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

उहाँले भन्नुभयो, “अहिले पनि अनुसन्धान भइरहेको छ ।” प्राविधिक खराबीका कारण पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सहायक प्रविधि मन्त्री जुनैद पलकले फेसबुकमा भन्नुभएको छ, “राजधानी ढाकामा राति ८ बजेभित्र विद्युत सेवा सुचारु हुनेछ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जाको उच्च मूल्यका कारण बङ्गलादेशले हालैका महिनाहरूमा ठूलो विद्युत् सङ्कटको सामना गर्नुपरेको बताउने गरिएको छ ।

बिजुलीको माग पूरा गर्न पर्याप्त आयातित डिजेल र ग्याँसको मूल्य चुकाउन संघर्ष गरिरहेको दक्षिण एसियाली राष्ट्रमा लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जनआक्रोश तीव्र भएको छ ।

पछिल्लो पटक सन् २०१४ को नोभेम्बरमा बङ्गलादेशको ७० प्रतिशत भूभागमा करिब १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्