भारतमा बस दुर्घटनामा परी २० जनाको मृत्यु

<span class='c1'>भारतमा बस दुर्घटनामा परी</span> <span class='c2'>२० जनाको मृत्यु</span>

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ ।

मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २० ओटा शव घटनास्थलामा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ ।उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्