ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्याण्ड

<span class='c1'>ट्वान्टी ट्वान्टी विश्वकप</span> <span class='c2'>क्रिकेटको फाइनलमा इंग्ल्याण्ड</span>

बिराटनगर चैत्र १८

भारतमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्तरर्गत गएराति दिल्लीमा भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनल प्रवेश गरेको छ ।

न्यूजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य इग्ल्याण्डले १७.१ ओभरमा तीन विकेटको क्षतिमै लक्ष्य भेट्टाएको हो।

इंग्ल्याण्डका लागि ओपनर जेसन रोयले उत्कृष्ट प्रदर्शन गर्दै ७८ रनको योगदान दिए। यस्तै जोस बट्लर ३२ तथा जोए रुट २७ रनमा नटआउट रहे। यस्तै एलेक्स हिलले २० रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार परेको थियो। उसका लागि कोलन मुनरोले ४६, कोरे एन्डर्सनले २८, केन विलियम्सले ३२ तथा मार्टिन गुप्टिलले १५ रन जोडेका थिए।

इंग्ल्याण्ड यसअघि सन् २०१० मा उपाधि उचालेको थियो। अब इंग्ल्याण्डले उपाधिका लागि वेष्टइन्डिज र भारतबीचको विजेतासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्