मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

<span class='c1'>मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा</span> <span class='c2'>मेयरसहित १८ जनाको मृत्यु</span>

काठमाडौं । मेक्सिकोको दक्षिणपश्चिममा बन्दुकधारीको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ।

मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भएको हो।

टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उनको घरमा नै मारेका थिए ।

यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्