ताप्लेजुङ । एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
एमालेले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएको हो ।
टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । एमालेले मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमालेका एक नेताले बताए । ताप्लेजुङको ‘क’ मा तिलकुमार मेनेङ्बो र ‘ख’ मा मणिशंकर पोमो उम्मेदवार बनेको ती नेताको भनाइ छ ।
२०७४ मा वाम गठबन्धनको तर्फबाट योगेश भट्टराईले चुनाव जितेका थिए ।