विराटनगर । बुढीगंगा गाउँपालिकाले गोठाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।
बुढीगंगा गाउँपालिकाका बहुसंख्यक थारु समुदायको विशेष पर्व गोठालको अवसरमा गाउँपालिकाले असोज २३ गते आइतबार सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गोठाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो ।
आइतबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाले मातहतका सबै कार्यालयहरु एवम शैक्षिक संस्थाहरु समेत बन्द रहने गाउँपालिकाले सार्वजनिक गरेको उक्त सूचना उल्लेख छ ।
बुढीगंगा गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस् :
