झापामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

<span class='c1'>झापामा लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

झापा । झापाको भद्रपुर नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० बर्षीय होमन लिम्बु पक्राउ परेका हुन्।

पक्राउ पर्ने उनीहरुको साथबाट १ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका-४ डांगीवारीबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्