झापा-५ बाट एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

<span class='c1'>झापा-५ बाट एमाले अध्यक्ष</span> <span class='c2'>ओलीद्वारा उम्मेदवारी दर्ता</span>

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिबार नै झापा आइपुग्नुभएको थियो ।

झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल हुनुहुन्छ ।

यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहनुभएको छ । उहाँँसँगै एमालेबाट क्षेत्र नं ५ प्रदेश (क) मा हिक्मतकुमार कार्की र प्रदेश (ख) मा होमबहादुर थापालेसमेत उम्मेदवारी दर्ता गराउनुभएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्