मुख्यमन्त्री राईको भोजपुर जिल्लाबाट उम्मेदवारी दर्ता

<span class='c1'>मुख्यमन्त्री राईको भोजपुर</span> <span class='c2'>जिल्लाबाट उम्मेदवारी दर्ता</span>

भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं.१ ‘क’ बाट आज उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गर्नुभएको छ ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गर्नुभएको हो । मुख्यमन्त्री राई उक्त पार्टीको सचिव पनि हुनुहुन्छ । भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्यमन्त्री राईले फेरि पनि अराजकता, फेरि पनि प्रतिगमनको बाटो समाएका संघीय लोकतन्त्र र गणतन्त्रविरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मंसिर ४ गते अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्