विकासका लागि एमालेको जित आवश्यक : अध्यक्ष ओली

<span class='c1'>विकासका लागि एमालेको जित</span> <span class='c2'>आवश्यक : अध्यक्ष ओली</span>

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

विकास र समृद्धि ल्याउन एमाले सक्षम पार्टी भएको उहाँको भनाइ थियो । अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गर्नुभएका उहाँले भन्नुभयो, “एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्दैन, जनताले थाहा पाइसकेका छन् ।”

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्