सन्दीपलाई बलात्कार आरोप लगाउने किशोरीसँग दुईवटा जन्मदर्ता भएको दाबी

<span class='c1'>सन्दीपलाई बलात्कार आरोप लगाउने किशोरीसँग</span> <span class='c2'>दुईवटा जन्मदर्ता भएको दाबी</span>

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ ।

लामिछानेका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् ।

बयानका क्रममा लामिछानेले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए । यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे ।

म्याद थपअघि लामिछानेले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए ।

पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि लामिछाने प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्