बेलबारी नगरपालिकाद्धारा नगदसहित खेलाडीको बिदाई

<span class='c1'>बेलबारी नगरपालिकाद्धारा नगदसहित</span> <span class='c2'>खेलाडीको बिदाई</span>

चन्द्र पौडेल
बेलबारी । आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन गईरहेको नवौं राष्ट्यि खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरपालिकाले बिदाई गरेको छ ।
सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेरे आफ्ना खेलाडीहरुलाई विधिवत रुपमा शुभकामना सहित जनही प्रति खेलाडीलाई १४ हजार प्रोत्साहन रकम दिदै अविर लगाएर नगरप्रमुख दिलप्रसाद राईले बिदाई गरेको हुन् । खेलाडीलाई हतास हुन नहुने भन्दै जहिले पनि मानसिक रुपमा तयार हुनु पर्नेमा जोड दिनु भयो । ‘खेल क्षेत्र मान्छेलाई जीउन सीकाउने शिक्षाको एउटा पाटो हो ।’ उनले भने नगरपालिकाले छिट्टै नै खेलकुद विकास समिति मार्फत सबै खेलहरुलाई एउटै छाताभित्र राखेर विकास गर्नेमा प्रष्ट पार्नु भयो । त्यसैगरी उपमेयर नितु थालेले शुभकामना दिदै खेलाडी देशका गहना भएकाले नगर तथा देशलाई चिनाउन सधै रहने भएकाले थप खेलकुद बिकासका लागि आवश्यक भौतिक पुर्वाधार र उल्लेख गर्नुभयो ।
बिदाई हुने खेलाडीहरुमा तेकाण्डो तर्फ निष्टा राई, मन्जित राजवंशी, कुसुम राजवंशी, केरिसा आर्चाय कबड्डी तर्फ शान्ता तामाङ र कोमल श्रेष्ठ छन भने फुटबल तर्फ किशोर गिरी रहेका छन् ।
सोही अवसरमा खेलाडीलाई प्रोत्साहन स्वरुप स्थानीय हेमन्त सुवेदीले जनही ३ हजार सहयोग गर्दै खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्