इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

<span class='c1'>इराकी राष्ट्रपतिको</span> <span class='c2'>निर्वाचन बिहीबार</span>

इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसदले बिहीबार उहाँको निर्वाचन गर्ने भएको हो ।

इराकी सभामुखले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिनुभएको हो । उहाँले इराकी संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको थियो ।

इराकी संसदका सभामुख मोहमद अल हलबोसीले सो कुराको जानकारी गराएको हो । मङ्गलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ ।त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुदै आएका छन् ।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्