नेपालको सबै बिजुली किन किन्दैन भारत ?

<span class='c1'>नेपालको सबै बिजुली किन</span> <span class='c2'>किन्दैन भारत ?</span>

काठमाडौं । छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन ।

नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ।

पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका 'आलटाल'मा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन् ।

पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय ८६ मेगावाट बिजुली किन्न भारतलाई आग्रह गरिरहेको छ। प्राधिकरणले गत जेठदेखि अहिलेसम्म पाँच पटकसम्म यस्तो आग्रह गरेको छ । तर भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छैन ।

विद्युत् व्यापारमा भारतीय सरकारले यही निकायलाई अधिकार दिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्