राउण्ड टेबल नेपालको सम्मान समारोह

<span class='c1'>राउण्ड टेबल नेपालको</span> <span class='c2'>सम्मान समारोह</span>

काठमाडौं । राउण्ड टेबल नेपालले शुक्रवार संघीय राजधानी काठमाडौंमा एक सम्मान समाहरोहको आयोजना गरेको छ ।

राउण्ड टेबल इन्टरनेशनलमाआफ्नो सम्मानजनक छवी बनाउन सफल व्यक्तित्वहरुलाई राउण्ड टेबल नेपालले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा नेपाली नागरिकको तर्फबाट पहिलो पटक राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष बन्न सफल जयन्तअग्रवाल, राउण्ड टेवल इन्टरनेशनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउण्ड टेबल इन्टरनेशनलका कन्टेन्ट क्रिएटर तथा वोर्ड असिस्टेन्ट विमल सिद्धार्थ बहिद हुनुहुन्थ्यो ।सम्मानित व्यक्तित्वहरुलाई राउण्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

सो समाहरोहमा पूर्व सांसद बिमल केडिया,एनएएफटीएका अध्यक्ष विनोद सेठिया,उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, रोटरी क्लवका डिस्ट्रक गभर्नर जितेन्द्र राजभण्डारी, लाइन्स क्लव काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, कान्तिपुरका प्रमुख कार्यकारी अधिकृत महेश्वर स्वारले आतिथ्यता ग्रहण गर्दै सम्मानित व्यक्तिहरुलाई सुभकामना मन्तब्य दिनुभएको थियो ।सम्मान समाहरोहमा डेडसय भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रम राउण्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालको सभापतित्वमा आयोजना भएको थियो ।

राउण्ड टेबल इन्टरनेशनल अन्तरर्गत विश्वका ६५ देशमा ३०हजार सदस्यहरु रहेका छन् । राउण्ड टेबल नेपाल, नेपालमा सन् १९८९ माश्री चन्द्र कुमार गोल्छाको अग्रसरतामा सुरुवात भएको थियो । यसअन्तर्गत हालसम्म देशका १२ वटा सहरमा ३३ वटा टेवल गठन भइसकेका छन् । राउण्ड टेबल नेपालले “शिक्षामार्फत स्वतन्त्रता”नामक दीर्घकालिन परियोजना चलाउँदै आएको छ । राउण्ड टेबल नेपालले ५० भन्दा बढि विद्यालयहरुको अपनत्व ग्रहण पनि गरिसकेको छ । ती विद्यालयमा ३८० भन्दा बढि कक्षा कोठा निर्माण गरी धेरै विद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गर्दै आएको छ । टेबलले देशभरिका २० हजार छात्रछात्राहरुका लागि अध्ययन गर्ने वातावरण समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्