पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै नवौंँ राष्ट्रिय खेलकुद

<span class='c1'>पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै</span> <span class='c2'>नवौंँ राष्ट्रिय खेलकुद</span>

गलकोट । बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलदेखि सय मिटरको दूरीमा छ नेपालकै लामो झोलुङ्गे पुल । कवर्डहल क्षेत्रमै छ गण्डकी प्रदेशको चर्चित धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिर । नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहाँ प्रतिस्प्रर्धाका लागि आएका दुई सय ५० खेलाडी र सय बढी पाहुनाले फर्सदको समयमा पर्यटकीय क्षेत्रको भ्रमण र अवलोकन समेत गर्न भ्याएका छन् ।

शनिबारदेखि बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलमा नवौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरबाट आइटिएफ तेक्वान्दोका खेलाडी प्रतिस्प्रर्धाका लागि आउँदा बागलुङ बजार गुल्जार भएको छ । नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफतर्फको खेल बागलुङमा आयोजना हुँदा यहाँको पर्यटकीय प्रवद्र्धनमा सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीले बताए ।

एक साथ तीन सय ५० भन्दा बढी खेलाडी र एक सय पाहुनालाई यहाँका १४ ठूला तथा स्तरीय होटलमा व्यवस्थापन गरिएको जिल्लाका सफल पर्यटन व्यवसायी तथा गण्डकी प्रदेशस्थित होटल व्यवसायी सङ्घका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो । “पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा र त्यस आसपासका जिल्लामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउने निश्चित छ । बागलुङमा खेलमैदान नजिकै चर्चित पर्यटकीय गन्तव्य रहेका छन्” उहाँले भन्नुभयो “बागलुङमा अब एक साथ ४०० भन्दा बढी पाहुना राख्नका लागि होटलहरुको क्षमता रहेछ भन्ने पुष्टी भइसकेको छ, खेलाडी फुर्सदको समयमा खेलमैदान नजिकै रहेको लामो झोलुङ्गे पुल र कालिका मन्दिर दर्शनका लागि पुगेको देखियो ।”

खेलमैदानको पाँच देखि ७ किमिभित्र पर्यटकीयस्थल पञ्चकोट र शालग्राम सङ्ग्रहालयसमेत रहेकाले नवौंँ राष्ट्रिय खेलका लागि देशभरबाट आएका खेलाडीले बागलुङ चिन्ने अबसर पाएको अध्यक्ष चोखालको भनाइ थियो। जिल्लामा पहुनाको आतिथ्यता र व्यवस्थापनसँगै पर्यटकीयस्थलको भ्रमण गर्न पाएकोमा आफू खुसी भएको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताउनुभयो ।

“प्रशिक्षकसहित खेलाडी जिल्लाको व्यवस्थापनप्रति खुसी छौँ, छोटो समयमै गरिएको यो व्यवस्थापन निकै सरहानीय छ,” उहाँले भन्नुभयो “मिडियामा सुनेको चर्चित लामो झोलुङ्गे पुलबाट पवित्र कालिगण्डकी नदी दर्शन गर्न पाइयो, खेलाडीले फुर्सदको समयमा कालिका मन्दिर, लामो पुल तथा शहिद पार्कको अवलोकन गरेका छन् ।”
खेलकूद परिषदले यहाँका होटलहरुमा खेलाडी व्यवस्थापनका लागि एकमुष्ठ सम्झौता गरेको छ । तीनसय ५०भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गते सम्म बागलुङमा रहने भएकाले यहाँको पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएकोे प्रतियोगिताको स्थानीय व्यवस्थापक बागलुङ नगरपालिकाले जनाएको छ ।

खेलाडीहरुले खाली समयको सदुपयोग बागलुङ बजार र त्यस आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गरेर बागलुङ यस्तो रहेछ भन्ने शन्देस देशभर फैलाउन सहयोग गरेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

देशभरका खेलाडीहरुले उद्घाटन समारोहमा सिसाखानीको सतिघाटु नाँच, नेवारी समुदायको घोडा र लाखे नाँचलगायत विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रमसमेत अवलोनको व्यवस्था उक्त नगरपालिकाले मिलाएको थियो ।

बागलुङमा आयोजना गरिएको उक्त प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्प्रधा भइरहेको छ ।

नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन बिभागीय गरी १० टोलीका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टोलीका कोच र अफिसिएल तथा म्यानेजर सहभागी भएका छन् ।

बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्प्रधा भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । खेल प्रतियोगिताका लागि कर्वड हल र बाङ्गचौर खेल मैदान सजिसजाउ गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्