काठमाडौं । हरर थ्रिलर जनरामा फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' निर्माण भएको छ।
फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' पुसमा प्रदर्शन आउने भएको हो ।
एएमवाई स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ ।
यसले नेपालमा हरर थ्रिलर फिल्मको ट्रेन्ड स्थापित गर्ने निर्माता अरूण चक्रवर्तीको विश्वास छ।
‘नेपाल, बलिउड र हलिउडका प्राविधिकसँग सहकार्य गरिएको हुँदा दर्शकले केही नयाँपन महसुस गर्न पाउनु हुन्छ,’ उनले भने।
यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। फिल्ममा चक्रवर्तीसँगै रिञ्जु केसीको लगानी रहेको छ।