नेपाल-चीन सीमा क्षेत्रमा ५.९ रेक्टरस्केलको भूकम्प

<span class='c1'>नेपाल-चीन सीमा क्षेत्रमा</span> <span class='c2'>५.९ रेक्टरस्केलको भूकम्प</span>

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताउनुभयो ।

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो ।

भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्