दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

<span class='c1'>दुर्घटनामा ट्राफिक</span> <span class='c2'>प्रहरीको मृत्यु</span>

बिराटनगर चैत्र २३

पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको श्रीपुर ६ मा गए राती ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीमा कार्यरत एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । मोटरसाईकलमा पछाडी सवार अर्का एक सर्वसाधारण घाइते भएका छन्। मृत्यु हुनेमा ट्राफिक प्रहरी जवान पंकज यादव रहेका छन्। यादव सवार को ५ प ७७३० नम्बरको मोटरसटइकललाई पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकले श्रीपुर ६ स्थित राजमार्गमा ठक्कर दिएको थियो। ठक्कर पश्चात उक्त ट्रकसहित चालक फरार भएका छन्। ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान यादवलाई उपचारकालागी जिल्ला अस्पलात ईनरुवा लगिएकोमा उपचारकाक्रममा उनको सोही राती मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका इटहरी ४ का सानुभाई भुजेल गम्भीर घाइते भएकाले उनलाई उपचारकालागी धरानस्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ठक्कर दिने ट्रक र चालक फरार रहेकाले खोजतलाश भइरहेको भईरहेको प्रहरी चौकी हरिपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्