विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : जनमत पार्टी अध्यक्ष राउत

<span class='c1'>विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक</span> <span class='c2'>: जनमत पार्टी अध्यक्ष राउत</span>

विराटनगर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

उहाँले सङ्घीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राउतले युवाहरुलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिनुभयो भने यस पटक आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्