काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ ।
१९ कात्तिक शनिबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वाषिर्क साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण हुनेछ ।