विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २८ जना कोरोना संक्रमित थपिएका छन् ।
१ हजार ८ सय ७९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप २६ हजार ५ सय ३८ जनाले लगाएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ७० रहेको छ ।