नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ

<span class='c1'>नक्कली फेसबुक खोलेर</span> <span class='c2'>चरित्रहत्या गर्ने पक्राउ</span>

काठमाडौं । प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ ।

सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।

उनले नक्कली फेसबुक बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ । फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या पनि गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्