दुई वर्षपछि नेपाल आयल निगम नाफामा

<span class='c1'>दुई वर्षपछि नेपाल</span> <span class='c2'>आयल निगम नाफामा</span>

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।

विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो ।

गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म)मा घटेर १८ करोड रुपियाँमा पुग्ने अनुमान छ । नाफा हुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । गत अगस्त १६ (साउन ३१ देखि असोज १५ गते) अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो ।

तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्