दोस्रो हुलास अपहिल राष्ट्रिय खुला म्याराथन हुने

<span class='c1'>दोस्रो हुलास अपहिल राष्ट्रिय</span> <span class='c2'>खुला म्याराथन हुने</span>

प्रेम देवान
विराटनगर २४ चैत्र
पुर्वाञ्चलको रमणिय स्थल भेडेटारलाई पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार तथा विकास गर्ने उद्धेश्यका साथ दोस्रो हुलास अप हिल राष्ट्रिय खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । मोरङ्ग र सुनसरी जिल्ला एथलेटिक्स संघको आयोजनामा आगामी चैत्र २७ गते धरानमा हुने जनाएको छ ।

एथलेटिक्स संघले आज विराटनगरमा पत्रकार सम्मेलन गरी दोस्रो हुलास अप हिल खुल्ला म्याराथुन हुने जनाएको छ ।एथलेटिक्स संघ मोरङ्गका अध्यक्ष तथा कार्यक्रम सयोजक किशोर अमात्यले प्रतियोगीतमा ५ विकास क्षेत्रका ३ विभागिय टिम साथै स्थानिय खेलाडीले भाग लिन सक्ने बताउनुभयो । प्रतियोगीताको उद्घाटन तथा समापनको लागी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गर्ने जनाईएको छ । साथै प्रतियोगीतामा प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई २५ हजार, र तेस्रो हुनेलाई १७ हजार प्रदान गरिने आयोजक समितिका संयोजक किशोर अमात्यले जानकारीदिनुभयो । त्यसैगरी चौथो, पांचौ र छैटौ विजेता खेलाडीलाई नगद क्रमस ५ हजार, ३ हजार र २ हजार प्रदान गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्