काठमाडौं । फुटबलको महापर्व फिफा वर्ल्डकप नोभेम्बर २० देखि सुरु हुदैछ २०१८ को विश्वकप सबै खेलकुदका रेकर्ड तोडदै ३.६ अर्ब मानिसहरूले हेरेका थिए भने यो पटकको विश्वकप ५ अर्ब मानिसहरुले हेर्ने अपेक्षा फिफाले गरेको छ ।
नेपालमा कसरी हेर्ने विश्वकप ?
पहिलेका विश्वकपहरुमा सोनिले नेपालको लागि विश्वकपका खेलहरु प्रसारणको अख्तियारी बिक्री गर्दै आएको थियो । यो पटक कुनै पनि भारतीय टेलिभिजन सेवा प्रदायकले नेपालमा विश्वकप प्रसारण गर्ने लाइसेन्स लिएका छैनन साथै अन्य टेलिभिजनहरुले भूगोलको आधारमा (GEOLOCK) गरेर प्रसारण गर्नेछन । यसपटक मिडिया हवले विश्वकप प्रसारण गर्ने अख्तियारी खरिद गरेको र नेटटिभिले मिडिया हबसग सहकार्य गरेर वर्ल्डलिंकको ईन्टरनेट मार्फत हिमालय टिभीद्धारा विश्वकपको प्रत्यक्ष प्रसारण गर्नेछ । यसको लागि ग्राहकहरुले खल्ती वालेट अथवा नजिकैको वर्डलिंकको कार्यालयमा गएर ५०० (भ्याट अतिरिक्त) तिरेर च्यानलाई एक्टिभेट गर्न सक्नुहुनेछ ।
अप्टिकल फाइबर मार्फत डाटाहरु ट्रान्स्फर हुने हुदा अन्य परम्परागत टेलिभिजन सेवाप्रदायकको भन्दा वर्ल्डलिंक मार्फत प्रसारण भएका टेलिभिजनहरुमा मौसम खराब हुदा अवरोध नआउने प्रत्यक्ष प्रसारणको वास्तविक समय र टेलिभिजनमा देखाइने समयमा अन्तर नहुने वर्ल्डलिंकले जनाएको छ ।