विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उम्मेदवार समक्ष यस्तो आग्रह गरेका हुन् ।
प्रमुख साम्पाङले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :
मैले कोही कसैलाई मेरो उम्मेद्वार बनाएर अघि सारेको छैन ! कसैले मेरो नाम लिएर भोट नमाग्नु होला ! यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु !