मधेसमा रोजगारी सिर्जना हुनुपर्छ : जसपा अध्यक्ष यादव

<span class='c1'>मधेसमा रोजगारी सिर्जना हुनुपर्छ</span> <span class='c2'>: जसपा अध्यक्ष यादव</span>

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठूला कलकारखाना खोलेमा मात्र विकास हुने बताउनुभयो ।

मधेसबाटै करिब ७० प्रतिशत कर नेपाल सरकारलाई जाने गरेको दाबी गर्दै उहाँले तराई मधेसमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षाको समस्या बढ्दै गएको बताउनुभयो ।

किसानका लागि विद्युतीकरणबाट भए पनि सरकारले सिँचाइ सुविधा गराउनुपर्छ भन्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास हुनुपर्ने उहाँले जिकिर गर्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्