आउँदो मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदै छ । सो दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराएको छ । मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको हो ।
आयोगका अनुसार मतदाताका लागि चार चरणमा मतदान गर्ने कार्य सम्पन्न हुनेछ ।
चरण–१
१. प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको पहिलो मतपत्र लिनुहोस् ।
२. स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३. मतपत्र सही तरिकाले पट्ट्याउनुहोस र सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुहोस् ।
चरण–२
१. प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको दोस्रो मतपत्र लिनुहोस् ।
२. स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३. मतपत्र सही तरिकाले पट्ट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।
चरण–३
१. प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको तेस्रो मतपत्र लिनुहोस् ।
२. स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३. मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।
चरण–४
१. प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको चौथो मतपत्र लिनुहोस् ।
२. स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३. मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस् ।
