सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।