विदेशमा बस्ने नेपालीसँग रवि लामिछानेले मागे भोट

<span class='c1'>विदेशमा बस्ने नेपालीसँग रवि</span> <span class='c2'>लामिछानेले मागे भोट</span>

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा बस्ने नेपालीहरूसँग पनि मत मागेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले घरमा कुरा हुँदा घण्टी चिह्नमा भोट मागिदिन अपिल गरेका हुन् ।

लामिछानेले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्ने विषयमा आफू प्रष्ट रहेको भन्दै यसप्रति आगामी दिनमा आफ्नो पहल रहने पनि बताएका छन् । उनले लेखेका छन् -'हामीलाई थाहा छ, देशमा चुनावको यत्रो अभियान चलिरहँदा विदेशमा तपाईहरुको मन कति इच्छुक भएको छ भन्ने । हामीलाई थाहा छ, विदेशमा रगत पसिना बगाएर कमाएको पैसा पठाएर चलेको आफ्नै देशमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने । हामी गर्नेछौ  देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्ने व्यवस्था । '

लामिछानेले निर्वाचनको माहोल  भिन्दै रहेको भन्दै यसपटक देशमा साँच्चै नै केही फरक हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्