विराटनगर । नेकपा एमालेका अध्यक्ष केपि ओलिले बाकस साटेर गच्छदारले चुनाव जितेको बताएका छन् ।
आज सुनसरीको दुहवीमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बाकस साटेर गच्छदारले चुनाव जितेको बताउदै ओलिले एक सेकेन्ड पनि बाकसलाई आफ्नो नजरबाट टाढा हुन नदिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सुरक्षाकर्मीकै सहयोगमा गच्छदारले चुनाव जित्ने गरेको प्रसङ्गलाई जोड्दै ओलिले सुरक्षाकर्मीहरुले पनि देशहितमा लाग्नु पर्नेमा जोड दिए ।
"सुरक्षाकर्मी साथीहरु, तपाईहरुले देशको रक्षा गर्ने हो ।"उनले भने 'मलाई भरोसा छ तपाईहरुले कानुन अनुसारको आदेस मात्र पालना गर्नु हुनेछ'
गच्छदारले २०४८ को चुनाव देखि पटक पटक धाधली गरेर सांसद बनेको आरोप लगाउदै ओलिले अब त्यसरी चुनाव नजितिने चेतावनी दिएका छन ।