इनरुवा । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।
सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।
कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धि हुने नेता कोइरालाले बताउनुभयो ।
गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने भएकाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।
फोटो:फाइल