प्रेम देवान
विराटनगर । यतिबेला विराटनगर ७ मा रहेको आदर्श स्कुलमा सबैको ध्यान केन्द्रित भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएसंगै विराटनगरवासीको ध्यान केन्द्रित भएको हो ।
सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले दिउसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेसंगै अहिले ३ वटा क्षेत्रको मतगणना जारी छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढीरहेको बेला कसले जित्ला भन्ने सबैको मनमा खुल्दुली भएको छ ।
। मतगणना स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । मतगणना स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् । मतगणना स्थलमा आउजाउ गर्ने व्यक्तिहरुलाई पनि कडाईका साथ सुरक्षाकर्मीले चेकजाँच गरिरहेका छन् ।
गणनास्थलको बाहिर सडकमा आममानिसहरुको बाक्लो मात्रामा भिड लागेको दृष्य देख्न सकिन्छ । मतगरण भईरहेको स्थलमा उम्मेदवार र राजनीतिक दलको एकरएक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । दिउसो १ बजेदेखी क्षेत्र नम्बर ४, ५, र ६ को मतगणना भईरहेको छ । यो समाचार तयार पार्दा सम्म क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी , ५ मा स्वतन्त्र उम्मेदवार योगन्द्र मण्डल र ६ मा नेपाली काग्रेसका डाक्टर शेखर कोईरालाको अग्रता रहेको छ ।
तस्वीर : प्रेम देवान /आवर विराटनगर
तस्वीर : प्रेम देवान /आवर विराटनगर
तस्वीर : प्रेम देवान /आवर विराटनगर