युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ ।
प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजात शिशुको मृत्यु भएपछि क्रुद्ध हुनुभएका युक्रेनी राष्ट्रपतिले “नौ महिनामा हासिल गर्न नसकेको लक्ष्य अब दुश्मनले हत्या र आतङ्कका माध्यमबाट हासिल गर्ने प्रयास गरिरहेको छ तर त्यसमा पनि असफल हुनेछ,”
युक्रेनमा भएका नराम्रा कामका निम्ति मस्को जिम्मेवार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । रासस/एएफपी