कमल थापा र डिनालाई पराजित गर्दै राप्रपाका दीपकबहादुर सिंह विजयी

<span class='c1'>कमल थापा र डिनालाई पराजित</span> <span class='c2'>गर्दै राप्रपाका दीपकबहादुर सिंह विजयी</span>

काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’भन्दा दुई हजार तीन सय ९३ बढी मत प्राप्त गरी राप्रपाका उम्मेदवार सिंह विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसकी उम्मेदवार उपाध्यायले २५ हजार चार सय २३ मत प्राप्त गर्दा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापाले २५ हजार चार सय २० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो निर्वाचन क्षेत्रमा ९१ हजार एक सय १५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्