जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

<span class='c1'>जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित</span> <span class='c2'>भयो : अध्यक्ष लिङ्देन</span>

बनियानी ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभयो ।

उहाँले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । “जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ”, उहाँले भन्नुभयो, “म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूको भरोसामाथि तुसारापात गर्ने छैन ।”

अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र गर्न नदिनेसमेत दोहो¥याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्