विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम समपन्न भएको छ ।
कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा सेफ तरुण कुमारले आफ्नो अनुभव सुनाएका थिए । विद्यार्थीहरुले सोधेको प्रश्नमा उनले उत्तर दिदै भने `खाना भनेको जादु हो जसले मानिसको अनुहारमा मुस्कान ल्याउन सक्छ´ भनेका थिए । एक असल सेफ बन्न गर्नुपर्ने कामहरुको बारेमा उनले आफ्नो दुई दशकको अनुभवको आधारमा भावना व्यक्त गरे । अमित महतो आरागन इन्चयुष्टिका डाइरेक्टरले उक्त कार्यक्रम संन्चालन गरेका थिए ।
कार्यक्रममा आरागन होटल स्कुल,लर्डबुद्ध कलेज र मोर्डन ऎरा कलेजका हस्पिटालिटी म्यान्जेमेन्टमा अध्ययनरत एक सय ३० जना विद्यार्थीहरुको सहभागिता रहेको कुश गार्डनका संचालक सिजन पोखरेलले जानकारी दिए ।
कुश गार्डनको निमन्त्रणामा भारतबाट सेफ तरुण कुमार बिहिबार विराटनगर आएका हुन् ।