विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्।
फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्।
व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका थिए ।
महानगरले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको थियो ।
म
हानगरले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो ।
व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो ।