विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश-१ ले युवा उद्यमीलाई उत्साहित बनाउन सिएनआई युवा उद्यमी मञ्च गठन गरेको छ ।
काठमाडौंको केन्द्रिय समिति पछि नेपालमा पहिलो पटक सिएनआईको च्यापटर प्रदेश-१ मा मंसिर १२ गते गठन गरिएको हो।
अनमोल प्रधानको स्थापक अध्यक्षतामा गठन भएको मञ्चको सदस्यमा सोनम शेर्पा, सुशन प्रधान, मुनन रिजाल, विशाल मित्तल, सशांक बंशल र रजत सहेवाल छन् । उत्पादन, व्यापार, सेवा, काम गर्ने पेशा आदि जस्ता विभिन्न उद्यमशील पृष्ठभूमिका ४० सदस्यहरूलाई समावेश गरिएको छ।
कार्यसमितिलाई सोमबार पदस्थापना गरिएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश-१ का अध्यक्ष भीम घिमिरेले पिन र माला लगाइ पद्स्थापना गरे । नेपाल उद्योग परिसंघ मञ्चका केन्द्रिय सभापति प्राची अग्रवाल र संयोजक आशिष अग्रवाल र अनुराग गोयलले प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष किशोर प्रधान, संगठनका अध्यक्ष सुयश प्याकुरेल, मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजाललगायतले शुभकामना र कार्यकालको सफलताको कामना गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघ प्रदेश-१ का अध्यक्ष भीम घिमिरेले भने "युवा उद्यमीहरू हाम्रो देशको भविष्य हुन् र उनीहरूको सीप र प्रतिभा विकासले निकट भविष्यमा देश कुन दिशामा जान्छ भनेर निर्धारण गर्नेछ"
घिमिरेले देशका युवाको उद्यमशील क्षमता निर्माण गर्नुपर्नेमा जोड दिए ।