विराटनगरबाट शेखर कोइरालाले भने–पार्टी भित्र देउवाकै बर्चश्व

<span class='c1'>विराटनगरबाट शेखर कोइरालाले भने–पार्टी</span> <span class='c2'>भित्र देउवाकै बर्चश्व</span>

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र सभापति शेरबहादुर देउवाकै बहुमत र बर्चश्व रहेको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै जीत हुने बताएका हुन् ।

नेता कोइरालाले आगामी सरकारमा कांग्रेसको नेतृत्व र गठबन्धनकै सहभागिता रहने दावी गरेका छन् । तर, उनी सरकारमा सहभागी हुने नहुने विषय टुङ्गो नभएको बताएका छन् ।

आजको समयको माग नै सुशासन भएकोले सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनले आगामी सरकारले भ्रष्टाचारको न्यूनीकरण गरेर सुशासन दिन सकेन भने सुधारका लागि पार्टीका भ्रातृ र भगिनी संस्था पनि परिचालित हुने बताए । उनले गत कात्तिकको एक चुनावी सभामा आफ्नो र पार्टी सभापति देउवाबिच मेलमिलाप भइसकेको बताएका छन् ।

उनले सम्पन्न निर्वाचनमा उदाएका नयाँ पार्टीको कुनै विचार नभएको बताएका छन् । पार्टीका नेताले हामी सेन्टर टु राइट भन्नुभएको छ तर प्रवक्ताले सेन्टर टु लेफ्ट भन्नुभएको छ’, कोइरालाले भने– खासमा विचार, सिद्धान्त, आर्थिक र सामाजिक नीति के हो स्पष्ट छैन। हावादारी कुरा उठाएर उब्जिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्