काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना प्राप्त हुन साथ प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।
आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।
तस्वीर : रातोपाटीबाट