प्रेम देवान
विराटनगर ३० चैत्र । पत्रकारीता क्षेत्रलाई अब परीक्षा प्रणालीबाट लैजान सके मात्र पत्रकारीता व्यावस्थित हुने प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताउनु भएको छ । नेपाल पत्रकार महासंघले सञ्चार माध्यम र पत्रकारको अवस्थाको विषयमा विराटनगरमा आज गरेको अन्तर सम्वादमा अक्ष्यक्ष कार्कीले पछिल्लो समय वृद्धीभए संगै संञ्चार क्षेत्र अलिक अव्यवस्थित हुदैको गुनासो गरेका छन् । अब यसका लागी हरेक पत्रकारलाई क,ख ,ग पढाए झै पढाएर परीक्षा प्रणाली माध्यमबाट जान जरुरी रहेको उल्लेख गर्नुभएको छ । पत्रकारीतमा प्रवेश गर्ने पत्रकारले बेसिक रुपमा त्यस क्षेत्रमा आवद्ध भई केही कुरामा भिझ्नु जरुरी रहेको बताएका छन् । पछिल्लो समयमा बढ्दै गएको अनलाईन माध्यमालाई प्रेस काउन्सिलले दर्ता प्रकृयाबाट लाने बताउनुभयो ।
यसैविच उहांले सरकारले बैंक तथा वित्तीय संस्था झैं सञ्चार माध्यम पनि मर्जरमा गए थप सरकारी सुविधा दिने तयारी गरेको छ । प्रेस काउन्सील मार्फत सरकारी सुविधा प्राप्त गरिरहेका सञ्चार माध्यम थप व्यवस्थित भई सञ्चालन हुन एक आसपमा मर्जर गराएमा सुविधा बढाइने उल्लेख गर्नुभयो ।